कांग्रेस महाधिवेशन : रोल्पाको सभापतिमा आचार्य, डोटीमा सिंह

बिहिबार, ९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी जिल्ला अधिवेशनबाट रोल्पा र डोटीका जिल्ला सभापति चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार रोल्पामा किशाेरकुमार आचार्य र डोटीमा नरेन्द्रबहादुर सिंह सभापतिमा चयन भएका हुन्। 

मंसिर ६ बाट जारी अधिवेशनअन्तर्गत यी जिल्लामा सभापति चयन भएका हुन्। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म ३२ जिल्लामा जिल्ला सभापति चयन भएका छन्। 

सुझावित समाचार