सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ५ वसन्त बजारमा आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार गरेका छन् । सोमबार राति करिब ८:४० बजेको समयमा मादकपदार्थ सेवन गरेका वर्ष अन्दाजी ५५ का मोहन बराइलीले आफ्नै २५ वर्षीय छोरा र १६ वर्षीया छोरीमाथि एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने छोरा र छोरीलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । छोरीको अवस्था सामान्य रहेको भए पनि छोराको अवस्था भने केही गम्भीर रहेको बताइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।