सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

आइतबार, ५ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। जबराले आज १०  संयुक्त र  एक एकल इजलासमा तीन सय ३४ मुद्दामा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन्।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फुलकोर्ट)ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो। गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए। सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइ भएको छैन।

सुझावित समाचार