मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

शनिबार, ४ मंसिर, २०७८
डिजिटल संस्करण

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू–भागहरुमा बदली भई  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 सो प्रणालीको प्रभावले देशका अधिकांश भू–भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएको छ । सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाकाे अनुरोध  छ । 

यस्तै  देशका  सुदुरपश्चिम, कर्णाली, लुम्बिनी  र  गण्डकी प्रदेशका भू–भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

See More On

सुझावित समाचार