राप्रपाका सातै प्रदेश अध्यक्ष चुनिए

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

सातवटै प्रदेशमा एकसाथ सुरु भएको राप्रपाको प्रदेश अधिवेशन सोमबार सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट नेतृत्व चयन गर्दै सकिएको हो । 

पार्टीको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा प्रदेश अध्यक्ष निर्वाचित भएका छन् ।गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ गुरुङ र लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय अध्यक्ष बनेका छन् ।

प्रदेश २ मा भरत गिरी, बागमती प्रदेशमा विक्रमबहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

राप्रपाले आइतबार एकै दिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले ११, १२ र १३ मंसिरमा काठमाडौंमा महाधिवेशन गर्दै छ । ३, ४ र ५ मंसिरमा राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको श्रेष्ठले जानकारी दिए ।
 

See More On

सुझावित समाचार