कानुन व्यवसायीहरूले शंख फुकेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर जबराको राजीनामा माग गरेका हुन्।
सर्वोच्च अदालतमा विकृति भित्र्याएको भन्दै न्यायाधीशहरूसहित नेपाल बार आन्दोलनमा छ। शुक्रबार प्रधानन्यायाधीश जबरा कानुन व्यवसायीको धर्नाका कारण मूलगेटबाट सर्वोच्च प्रवेश गर्न सकेका थिएनन्। उनी अर्को बाटोबाट सर्वोच्च प्रवेश गरेका थिए।