सियरा लियोनमा तेल ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु

शनिबार, २० कार्तिक, २०७८
डिजिटल संस्करण

सियरा लियोनमा तेल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । राजधानी फ्रिटोनमा ट्यांकर विस्फोट भएको हो। विस्टोटमा ठूलो संख्यामा मानिसहरू घाइते भएको र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। तेल बोकेको ट्यांकर लरीसँग ठोक्किँदा उक्त विस्फोट भएको थियो ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति जुलियस मादा बायोले अन्यन्त दुःखद घटना भएको बताएका छन् । उनले पीडित परिवारलाई सहयोग गर्ने वचनसमेत ट्विटरमार्फत दिएका छन् ।

सुझावित समाचार