टी–२० क्रिकेट वरीयतामा नेपालको सुधार

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० क्रिकेट वरीयतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान उक्लिँदै १३औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो।

वरीयतामा इंग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। त्यसैगरी भारत तेस्रो, न्युजिल्यान्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्।

सुझावित समाचार