बालुवाटार जग्गा प्रकरण : बेन्च बहिष्कारका कारण रोकियो पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतमा न्यायाधीशहरूको बेन्च बहिष्कारका कारण आजका लागि बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दाको फैसला रोकिएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ मा फैसला सुनाउन आदेश गरेको थियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईलाई मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियारसमेतलाई विपक्षी बनाएर ०७६ माघ २९ मा रिट दर्ता गराएका थिए। मुद्दामा बालुवाटार प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गरेर मुद्दा चलाउन माग गरिएको थियो।

सुझावित समाचार