सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलासमा नबस्दा न्याय प्रभावित भएको भन्दै रिट पेस भएको छ। १५ न्यायाधीशविरुद्ध कृष्ण प्रसाईंलगायत अधिवक्ताहरू रिट लिएर अदालत गएका हुन्। रिट दर्ताको विषयमा अध्ययन भइरहेको सर्वोच्च प्रशासनले बताएको छ।
रिटमा न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित मुद्दा प्रभावित भएको र संविधानप्रदत्त न्यायको हक उल्लंघन भएकोले पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्न माग गरिएको छ।