कांग्रेस केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरमा गर्ने प्रस्ताव

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशन कार्यतालिका संशोधनको प्रस्ताव गरेको छ। निर्वाचन समितिले २७ कात्तिकबाट अवरुद्ध प्रक्रिया सुरु गरेर २७ मंसिरदेखि केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको हो।

निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशन २७ कात्तिकबाट सुरु गर्ने निर्णय गरेको समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।

प्रस्तावित कार्यतालिकाअनुसार प्रदेश अधिवेशन  १६ र १७ मंसिरमा र केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरमा गर्न प्रस्ताव गरिएको छ।

उनले बिहीबार निर्णय गरेर कार्यतालिका सार्वजनिक गरिने नयाँ पत्रिकालाई जानकारी दिए।
 

सुझावित समाचार