लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

बडादसैँको अवसरमा लमजुङको दूधपोखरी गाउँपालिका– २ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा झन्डै पाँच सयजनाको स्वास्थ्य परीक्षण भएको छ। नेपाल चिकित्सक संघका सहकोषाध्यक्ष डा. विश्वराज दवाडी र डा. खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए। 

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तवरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा. दवाडीले बताए । गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रूपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने बताए।

निजी स्रोतबाट बिरामीलाई झन्डै १५ लाख रुपैयाँबराबरको औषधि निःशुल्क वितरण गरियो। वडाध्यक्ष गोविन्द दवाडीले आगामी दिनमा यस्ता शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहजीकरण गर्ने बताए। रासस

सुझावित समाचार