मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मंगलबार, २६ असोज, २०७८
डिजिटल संस्करण

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिएका छन्।

उनका अनुसार घाइतेहरूको उपचारका लागि सुर्खेतबाट  हेलिकाेप्टर मुगु आउँदै गरेको छ। घाइतेहरूको बाटोमा पनि थप मृत्यु हुन सक्ने अवस्था रहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

सुझावित समाचार