महाधिवेशनको रणनीति तयार पार्न निधि, कोइराला र सिंह छलफलमा

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। भेटमा नेतात्रयबीच १४औँ महाधिवेशन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताइएको छ।

छलफल निधिनिवास बानेश्वरमा जारी छ। छलफल महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिकालगायतका विषयमा केन्द्रित छ।

सुझावित समाचार