कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि मतदान सुरु

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि आज बिहान नौ बजेदेखि मतदान सुरु भएको हो।

शनिबार नै मतदान गर्ने भनिए पनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन। नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वका लागि नीलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा हुँदै छ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जानकारी दिएको छ।

सुझावित समाचार