मोरङका दशजना पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

मोरङमा सम्पन्न नेपाली कांग्रेसको वडास्तरीय निर्वाचनमा दशजना पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।  विराटनगर महानगरमा  तीनजना, बेलबारी नगरपालिकामा  दुईजना उर्लाबारी नगरपालिकाबाट  दुईजना रंगेली नगरपालिकाबाट एकजना र सुनवर्षी नगरपालिकाबाट एकजना पत्रकार नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका हुन्। 

सार्वजनिक मतपरिणामअनुसार विराटनगरबाट सृष्टि दैनिकका प्रधानसम्पादक शंकर खरेल र वरिष्ठ संवाददाता अनुज सापकोटा,  कारोबार दैनिकका प्रदेश ब्युरो मीनकुमार नवोदित, रंगेली नगरपालिकाबाट कान्तिपुर टेलिभिजन संवाददाता सुशीला पाठक, सुनवर्षी नगरपालिकाबाट हिमपत दैनिकका सम्पादक वीरेन्द्र साह क्षेत्रीय प्रतिनिधिमा निर्वाचत भएका छन्। यसैगरी उर्लाबारीबाट ब्लास्ट टाइम्स दैनिकका संवाददाता मदनबाबु प्रसाईं र अलकापुरी साप्ताहिकका सम्पादक दुर्गा खतिवडा र कानेपोखरी गाउँपालिकाबाट गोरखापत्र दैनिकका संवाददाता हरि कोइराला पनि क्षेत्रीय प्रतिनिधि  निर्वाचित भएका छन्। 

यसैगरी बेलबारीबाट प्रेस युनियन मोरङका सभापति भोजराज बस्नेत र सदस्य दिनेश गिरी पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। कांग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सबै पत्रकाहरू नेपाल पत्रकार महासंघ मोरङ शाखाको साधारण सदस्य छन्।
 

सुझावित समाचार