क्यान्सरपीडित वडासदस्यको उपचारका लागि संकलित रकम हस्तान्तरण

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेताहरूले क्यान्सरपीडित वडासदस्यलाई उपचार रकम हस्तान्तरण गरेका छन्। काठमाडौं महानगरपालिका– ३० का वडासदस्य नीरज सत्यालको उपचारका लागि कांग्रेस नेताहरूले बिहीबार रकम हस्तान्तरण गरेका हुन्।

नेताहरू प्रकाशमान सिंह, गगन थापा  र काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले बिहीबार सत्यालको उपचारका लागि संकलित ६ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

रकम अमेरिकामा रहेका कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको पहलमा संकलन गरिएको बताइएको छ।

See More On

सुझावित समाचार