बोटलर्स नेपाल (तराई) ले जित्यो बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले बोटलर्स नेपाल (तराई) लिमिटेडलाई जेनेरल सेक्टरअन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२० अवार्ड’बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष ०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि सम्मान प्रदान गरिएको हो । 

अघिल्लो वर्ष बोटलर्स नेपाल लिमिटेड त्यही श्रेणीमा उपविजेता भएको थियो ।  कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डिएनएमा आन्तरिक प्रक्रियाहरू र स्थापित पद्धतिको एक परिणामका रूपमा स्थापित रहेको कम्पनीले जनाएको छ । २०२० का लागि यो अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुवै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण भएको कम्पनीको दाबी छ ।  

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्सका अध्यक्ष सिए मदन शर्माले कम्पनीको कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन र बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार