यामाहाको दसैँ–तिहार लक्षित योजना ‘रेस फर द एस’

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले दसैँ–तिहारको अवसर पारेर उपभोक्ता योजना ‘रेस फर द एस’ सुरु गरेको छ । यो योजना यामाहा बाइक तथा स्कुटरको खरिदमा लागू गरिएको हो । 

योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्दा तत्कालै स्योर सट उपहारमा आठ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने जनाइएको छ । त्यस्तै, लक्की ड्रमा हरेक हप्ता एकजनाले चार तोला सुनको एक्का तास जित्न सक्ने कम्पनीले जनाएको छ । बम्पर पुरस्कारका रूपमा एकजनाले लक्की ड्रको भन्दा तीन गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर ‘रेस फर द एस’को सर्वाधिक भाग्यशाली विजेता बन्न सक्ने कम्पनीले जनाएको छ । 

योजना देशभरका सबै यामाहा सोरुममा सञ्चालन हुने एमएडब्लूका बजार प्रबन्धक राजु क्षत्रीले जानकारी दिए । उनले भने, ‘हामी सधैँ उपभोक्ताका लागि उत्साहजनक योजना तथा सेवाहरू उपलब्ध गराउन तत्पर रहन्छौँ । यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्तासमक्ष पेस गरेका छौँ ।’ योजनाबाट उपभोक्ता लाभान्वित हुने विश्वास लिएको क्षत्रीले बताए । 

See More On

सुझावित समाचार