नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । केहीबेरअघि संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
यसअघि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।