पहिराेले अवरुद्ध नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालन

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको सिस्ने खोलामा पहिरोले अवरुद्ध बनेको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिस्ने खोला र खत्रीपौवाबीचमा पर्ने सुरुङमार्गनजिकै सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी प्रमुख रूपा थापाले जानकारी दिइन् । 

सडकमाथिबाट पहिरो खसिरहेको छ । उनले भनिन्, ‘आजै दुवैतर्फ सञ्चालनमा ल्याउन सकिने अवस्था नहुन पनि सक्छ । पानी परिरहेको र पहिरो खसिरहेको कारण काम गर्न पनि असहज बनेको छ । याे पहिलेदेखि नै पहिरो खसिरहने ठाउँ हो । पहिरो पन्छाउने काम भइरहेको छ । बिरामी लिएर आएका एम्बुलेन्सहरूलाई पास गराइरहेका छौँ ।’

अन्य यात्रुबाहक तथा मालबाहक सवारीहरूलाई एकतर्फी मात्रै पठाएको थापाले बताइन् । 

सुझावित समाचार