ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारेको रिट न्यायाधीश भट्टराईको इजलासमा

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरहको सेवा–सुविधा पाउन नसकेको भन्दै दायर भएको रिटको सुनुवाइ सर्वोच्चले न्यायाधीश भट्टराईको इजलासमा तोकेको हो। 

अधिवक्ता सञ्जय अधिकारी, ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति युके नेपालका संयोजक लालबहादुर घिसिङ र सहसंयोजक बिमबहादुर लिम्बूले सरकारको मौनताका कारण पूर्वगोर्खा सैनिकले बेलायतमा अनशन बस्न बाध्य भएको जिकिर गर्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।
 

See More On

सुझावित समाचार