एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको भेटवार्ता

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूसँग भेटवार्ता गरेका छन्।  विप्लव र पूर्वमाओवादी नेताहरूबीच लेखराज भट्टको निवासमा छलफल भएको थियो। 
भेटमा भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापा सहभागी थिए। उनीहरूबीच करिब ३ घन्टा छलफल भएको थियो।

केही दिनदेखि विप्लवले राजनीतिक भेटवार्ता तीव्र बनाएका छन्। यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलगायतलाई भेटेका थिए।
 

See More On

सुझावित समाचार