सुर्वितालाई सवा लाख सहयोग

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

बाग्लुङ ढोरपाटन नगरपालिका–६ अधिकारीचौरकी सुर्विता भण्डारीलाई पोर्चुगलमा बस्दै आएका हरि पुन र शर्मिला पुनको सक्रियतामा संकलित एक लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । सो रकम वडाध्यक्ष जीवन पुनले भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर भएकी सुर्विता ६ वर्षदेखि छोराको वियोगमा छिन् । गत वर्षको ३ माघमा नयाँ पत्रिका दैनिकमा ‘प्रवासी दुई मजदुरको हर्ष र विस्मात्को कथा’ शीर्षकमा समाचार छापिएको थियो । धन कमाउन गएको छोराको वियोगमा रुँदारुँदै आँखा गुमाएकी सुर्विताको नयाँ पत्रिकामा छापिएको समाचार पढेपछि पुनदम्पती आर्थिक संकलनमा जुटेका थिए । पोर्चुगलमा रहेका पुनदम्पतीले भण्डारीका लागि विभिन्न व्यक्तिहरूबाट संकलन गरेको रकम वडाध्यक्ष जीवन पुनमार्फत हस्तान्तरण गरिएको हो ।

आफू र अन्य सहयोगी दाताहरूबाट संकलन भएको एक लाख ५० हजार रकममध्ये एक लाख २५ हजार रुपैयाँ सुर्विता भण्डारीका लागि पठाइएको र २५ हजार रुपैयाँ सोही गाउँका अशक्त लोकबहादुर भण्डारीलाई हस्तान्तरण गरिएको सहयोग संकलनकर्ता हरि पुनले बताए । ‘सञ्चारमाध्यममा आएको समाचार पढेपछि सहयोग नगरी बस्नै सकिनँ,’ पुनले भने, ‘समस्या र पीडा देखेर आर्थिक संकलन अभियान चलाएरको हुँ’ आगामी दिनमा समेत यस्ता समस्यामा परेका नागरिकलाई सहयोग गर्नेछौँ ।’ 

See More On

सुझावित समाचार