गुल्मीको इस्मा गाउँपालिका– ५ मैदानमा वर्षाले घर भत्किँदा एकजना घाइते भएका छन् । दुई दिनदेखिको अविरल वर्षाले राजेश परियारको निर्माणाधीन घर भत्किएको हो ।
केहीबेर अघि घरले च्यापेर उनकी श्रीमती २९ वर्षीया जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।
घरभित्र पुरिएकी परियारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । त्यस्तै, इस्मा– १ उजुङका छत्रबहादुर पछाईको माथिबाट झरेको ढुंगाले घर भत्किएको छ । तर, मानवीय क्षति भने भएको छैन । अत्यधिक वर्षा भइरहेकाले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् ।