नगरसभामा नगरवासीलाई राहत र सहुलियतको योजना पेस गर्ने काठमाडौं महानगरको तयारी

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरवासीलाई केही राहत र सहुलियतको योजना पेस गर्ने भएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन् ।  

कोभिड–१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रमकेन्द्रित हुने बताए । यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयरलगायत सबै सहभागी हुने बताए । नगरक्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केही सहायता उपलब्ध गराउने बताए ।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट कोरोनाका कारण व्यापार–व्यवसाय, पेसा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने बताए । मेयर शाक्यले नगरक्षेत्रमा व्यापार–व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिने गरी कार्यक्रम ल्याउन लागेको बताए ।

महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिने गरी कार्यक्रम आउने बताए । यसका साथै काठमाडौं महानगरले गरिरहेका नियमित कामलाई पनि प्राथमिकताका आधारमा वर्गीकरण गरेर योजना कार्यक्रम बनाइने बताए । 

सुझावित समाचार