अदालतलाई धम्क्याएर प्रभावित पार्ने प्रधानमन्त्रीको नियत : प्रदीप पौडेल

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

कांग्रेस नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीको व्यवहारले अदालतलाई धम्क्याएर प्रभावित पार्ने नियत प्रस्ट भएको बताएका छन् ।

पूर्वन्यायाधीश र अदालतबारे प्रधानमन्त्री ओलीको टिप्पणीप्रति लक्षित गर्दै नेता पौडेलले प्रधानमन्त्रीको अमर्यादित व्यवहारले अदालतमाथिको हस्तक्षेप झल्किने बताएका हुन् ।

‘जोकोहीलाई तुच्छ शब्दले होच्याउने प्रधानमन्त्री केपी ओलीले न्यायमूर्तिहरूलाई पनि तथानाम बोल्नु कुनै नौलो कुरा होइन । तर, ओलीको त्यो अमर्यादित व्यवहारले अदालतमाथिको हस्तक्षेप झल्किन्छ,’ नेता पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उनको भाषाले वर्तमान न्यायाधीशहरूको ध्यान खिच्न र अदालतलाई धम्क्याएर  प्रभावित पार्न खोजेको प्रस्ट देखिन्छ ।’

सुझावित समाचार