पाकिस्तानमा राजदूत अधिकारीको कूटनीतिक सक्रियता

शुक्रबार, १४ जेठ, २०७८
डिजिटल संस्करण

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी राजनीतिक नेता तथा उच्च अधिकारीहरूसँग कूटनीतिक भेटवार्ता तीव्र पारेका छन् । एक साताअघि अर्थमन्त्री, विपक्षी दलका नेतालगायतसँग भेटेका राजदूत अधिकारीले सिनेटर डा. शाहजाद वासिम तथा पाकिस्तान नेपाल संसदीय मैत्री समूहका अध्यक्ष इसरर तरिनसँग भेटवार्ता गरेका छन् । 

पाकिस्तानका सिनेटर डा. वासिमसँग उनकै कार्याल्यमा भएको भेटवार्तामा नेपाल–पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहकार्यबारे विस्तृतमा छलफल भएको राजदूत अधिकारीले जानकारी दिए । उनले दुई देशको सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी गरेका थिए । 

उनले पाकिस्तान–नेपाल संसदीय मैत्री समूहका अध्यक्षसँगको भेटमा दुई देशको संसद्, सांसदबीचको सहकार्य हुनुपर्नेमा जोड दिँदै द्विपक्षीय व्यापार, पर्यटन, लगानी, सांस्कृतिक सम्बन्ध र उच्चस्तरीय भ्रमणहरूलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । संसदीय समूहमा एक सय ६ जना सदस्य छन् । पाकिस्तानी नेताहरूले नेपालप्रति सदभाव व्यक्त गरेका छन् । 
 

सुझावित समाचार