सरकारले २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएसँगै बैठकको तयारी तीव्र

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि आगामी २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएसँगै  संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको तयारी तीव्र बनाएको छ ।

बैठक बस्नुपूर्व प्रतिनिधिसभामा सहभागी हुने सांसद, सचिवालयका कर्मचारी, सुरक्षा निकायमा कर्मचारी, पत्रकारलगायतको कोरोना परीक्षण गराइँदै छ । यसको साथै बैठकको व्यवस्थापकीय कामलाई समेत विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयारी गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने प्रयोजनका लागि मात्रै सरकारले अधिवेशन बोलाउन नमिल्ने भन्ने तर्क र बहस भइरहँदा विश्वासको मत लिने प्रक्रिया कसरी सम्पादन हुन्छ भन्ने चासो पनि सर्वत्र बढेको छ ।

संघीय संविधान जारी भएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको यो पहिलो घटना हो । संविधानको धारा १ सयको उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्था छ । 

सुझावित समाचार