इन्जिनियरिङ कलेजमा एक सय बेडको आइसोलेसन वार्ड तयार

शनिबार, १८ बैशाख, २०७८
डिजिटल संस्करण

कोभिड बिरामीको उपचारका लागि नेपाल सरकारले नेपाल इन्जिनियरिङ कलेज(नेक) भक्तपुरमा एक सयवटा बेडको आइसोलेसन वार्ड तयार पारेको छ । अहिले त्यहाँं बिरामी राख्न तयारी अवस्थामा पुगेको छ । 

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँं मात्रै उपलब्ध गराएको जनाए । कलेको ठूलो कार्यक्रम हल त्यसका लागि उपलब्ध गराएको जानकारी उनले गराए । वार्डका लागि बाँंकी सबै काम नेपाल सरकारले नै गरेको उनले स्पष्ट पारे । 

बेड र त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री जस्तै प्रत्येक बेडका लागि चाहिने ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, टुथपेस्टलगायतका सम्पूर्ण सामानको एक सय सेट सरकारले नै व्यवस्था गरिदिएको उनले जनाए । साथै बेड राख्ने सम्पूर्ण काम पनि सरकारले नै गरेको उनले जनाए । शनिबार बिहानसम्म त्यहाँं बिरामी भने पुगेका छैनन् । तर, बिरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ । 

यसअघि पनि पहिलो चरणको कोरोनाका वेला त्यहाँं बेड विस्तार गरिएको थियो । तर, त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले बिरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशासनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरू सबै स्टोरमा राखेको थियो । अहिले त्यही बेडको विस्तार गरिएको हो । 

देशभरसँंगै भक्तपुरमा पनि कोरोनाको संक्रमण बढ्दो छ । जिल्लामा भक्तपुर, मध्यपुर, चाँंगुनारायण र सूर्यविनायक गरी चारवटा नगरपालिकाहरू रहेका छन् । यी चारमध्ये जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित क्रमशः मध्यपुरथिमि, सूर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकामा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांकअनुसार हालसम्म पिसिआर पोजेटिभ हुनेहरूको संख्या ९वैशाख १७ गतेसम्म मध्यपुरथिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँंगुनारायणमा सातजना संक्रमितहरू छन् । साथै पाँंचजना सम्पर्कविहीन छन् । 

सुझावित समाचार