पूर्वप्रधानमन्त्री भट्टराईको न्युरो इन्डोक्राइन ट्युमरको शल्यक्रिया हुने, आज अस्पताल भर्ना हुँदै

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइन ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ । त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुनेछन् ।  शल्यक्रिया वैशाख १७ गते हुनेछ ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । बायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरूले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए । शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाब रहेको थियो ।

चिकित्सकको सुझाबअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेकाे प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । 

सुझावित समाचार