चौधरी ग्रुपको लगानी रहेको ‘द फर्न’ भारतमै धेरै चेन विस्तार गर्ने होटेल

सोमबार, ३० चैत, २०७७
डिजिटल संस्करण

अर्बपति विनोद चौधरीको लगानी रहेको सिजी हस्पिटालिटीअन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस्’ सर्वाधिक ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ । एचभिएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’ अनुसार ‘द फर्न’ ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको हो । सन् ०१९ मा पनि ‘द फर्न’ पहिलो थियो । सिजी कर्प ग्लोबलको सदस्य कम्पनी सिजी हस्पिटालिटीले होटेल तथा रिसोर्ट सञ्चालन गर्छ । 

एचभिएसले गत वर्ष भारतीय होटेल व्यवसायमा आएको उतारचढावबारे पनि अध्ययन गरेको छ । कोरोना महामारीका कारण विश्वभर व्यापार–व्यवसायले घाटा व्यहोरे पनि भारतीय होटेल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको छ । दर्ता संख्याका आधारमा गत वर्ष त्यहाँ होटेल व्यवसायमा वृद्धि भएको छ । मध्यमस्तरका होटेल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो । ठूला होटेलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन् ।

मध्यमस्तरका होटेल भारतमा बढी रुचाइन्छन् । सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटेलले ४१ प्रतिशत हिस्सा ओगटेका छन् । जहाँ ठूला होटेलको हिस्सा ३७ प्रतिशत र विलासी र सामान्य होटेलको हिस्सा ११–११ 
प्रतिशत छ ।

सन् २०२१ मा थप १३ वटा होटेल खोल्ने योजना कम्पनीको रहेको छ । यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ । ती १३ होटेलमा १ हजार १ सय ५६ कोठा थपिएपछि कुल कोठा संख्या ५ हजार २ सय १७ पुग्नेछ । 

एचभिएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा ‘द फर्न’ पछि म्यारियट, सरोवर होटेल्स, आइएचसिएल र इन्टेली स्टे छन् । कोठा संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ । आइएससिएलले सर्वाधिक कोठा संख्या विस्तार गरेको छ । दोस्रो नम्बरमा विन्धाम होटेल्स छ । सन् २०२० मा भारतभर ४ हजार ५ सय ३७ कोठा थपिएका छन् । सिजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटी प्रालिसँगको सहकार्यमा होटेल विस्तार र सञ्चालन गर्दै आएको छ ।

‘भारतकै ठूलो चेन हुन पाउनु गर्वको कुरा हो, यसले हामीलाई उत्साहित बनाएको छ,’ कन्सेप्ट हस्पिटालिटीका सिइओ सुहेल कन्नामपिली भन्छन्, ‘व्यवसायप्रति हाम्रो समर्पण र आबद्ध सबैको परिश्रमले हामीलाई यहाँसम्म पु¥याएको हो । अझै धेरै गर्ने हौसला मिलेको छ ।’

सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटेल खोल्ने योजना कम्पनीको रहेको छ । यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ । ती १३ होटेलमा १ हजार १ सय ५६ कोठा थपिएपछि ‘द फर्न’ को कुल कोठा संख्या ५ हजार २ सय १७ पुग्नेछ । 
वर्षको सुरुवातमै ‘द फर्न’ले नयाँ सहरहरू जबालपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम) मा होटेल विस्तार गरिसकेको छ ।

एचभिएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए । ‘हामीले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेका छौँ, त्यसको प्रतिफल अहिले पाएका हौँ,’ उनले भने, ‘यद्यपि, पोहोर साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो । त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौँ । सुदूर भविष्य हेरेर काम गरिरह्यौँ । यही उमंगले हामीलाई पहिलो स्थानमा पुर्याएको हो ।’

दिगो पर्यटन र पर्यावरण संवेदनशील दर्शनमा टेकेर सिजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको चौधरीले बताए । यही मर्म बोकेर हिँडिरहँदा २ सयभन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको उनले बताए ।  

सुझावित समाचार