दलितको घरभित्र छिमेकीको फोहोर

मंगलबार, २४ चैत, २०७७
डिजिटल संस्करण
दलितको घरभित्र छिमेकीको फोहोर

धादिङको नीलकण्ठ नगरपालिका– ३ धादिङबेँसीमा मीरा बराइलीको घरमा छिमेकीको घरबाट आएको फोहोरको नाली पसेको छ । घरभित्र फोहारेपानी जम्छ, नालीको दुर्गन्धले बस्न सक्ने अवस्था छैन ।

निकास निकाल्न माग गर्दा उल्टै गाउँलेले दिए न्यायिक समितिमा उजुरी

धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा टहरो बनाएर मीरा बराइली बस्न थालेको तीन वर्ष भयो । ०५५ मा किनेको चार आना एक पैसा दुई दाम जग्गामा ०६० तिर टहरो बनाइन् । तर, गत वर्षामा उनको घरभन्दा माथिका सातवटा घरबाट घरबाट बगेको फाहोर नालीको पानी मीराको टहरोभित्र पस्यो । जसमा लुगा र भाँडा धोएको फोहोर पानी, प्लास्टिकका बोतल पनि थिए ।

‘घरभित्र फोहोर पानी मात्रै पसेन, दुर्गन्ध पनि पस्यो । खानाखानै सकिएन,’ मीराले भनिन्, ‘यसपछि टोलवासीलाई नालीको पानी मेरो घरभित्र आएको र त्यसलाई व्यवस्थापन गर्न अनुरोध गरेँ, तर उनीहरूले मानेनन् । उल्टै नाली हाल्न पाउनुपर्छ भने ।’ त्यसपछि नाली निकासको विषयमा मिराको परिवार र टोलवासी बीच छलफल भयो । तर, कुनै निकास निस्किएन । ‘मैले ढल लाने नै भए घरभित्र पस्ने गरी होइन, छेवैको जग्गा दिन्छु, तर मलाई क्षतिपूर्ति चाहिन्छ भनेँ । किनभने दुःखले कमाएको पैसाले किनेको जग्गा हो, मेरो आफ्नो निजी सम्पत्तिमा आफ्नो हक त लाग्छ नि,’ उनले भनिन् ।

आफूले यस्तो प्रस्ताव गर्दा टोलवासीले जग्गाको मूल्य कति हो भनेर धम्कीपूर्ण भाषामा सोधेको बताउँछिन् मीरा । उनले आफूले जग्गा नबेच्ने, त्यहीँ बस्ने, तर नाली आफ्नै जग्गाबाट निकास गर्ने हो भने उचित क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेको बताइन् । भन्छिन्, ‘बाटो पनि छाडिदिने सर्तमा मैले जग्गाको मूल्यअनुसार र टहरोलाई जोडेर २० लाख क्षतिपूर्ति मागेकी थिएँ । तर, उहाँहरूले त्यति क्षतिपूर्ति नदिने बताउनुभयो ।’ 

केही दिनपछि उनलाई नगरपालिकाको न्यायिक समितिबाट फोन आयो । फोनमा भनियो, ‘तपाईंको नाममा उजुरी परेको छ, यहाँ उपस्थित हुनुपर्‍यो ।’ भोलिपल्ट मीरा न्यायिक समितिको कार्यालय गइन् । त्यहाँ पुगेपछि पो थाहा पाइन्, उनीविरुद्ध टोलवासीले उजुरी दिइसकेका रहेछन् । उनको जेठाजु मिठे बराइलीलाई विपक्षी बनाएर उजुरी दिइएको रहेछ । समितिमा हालिएको उजुरीको दर्ता नम्बर १५ छ ।

समितिमा उजुरीविरुद्ध उजुरी 
गत २८ भदौमा न्यायिक समितिमा दर्ता गरिएको उजुरीमा भनिएको छ, ‘कसैको हकवा स्वामित्वमा भएपनि २८–३० वर्षदेखि पानीको पाइप निकासामा सबै घरधुरीको धाराबाट निस्कने भाँडा माझ्दा, नुहाइ धुवाइ गर्दा र आकाशको पानी पर्दा कित्ता नम्बर ४७६४ जग्गाबाट पानीको निकास हुँदै कित्ता नम्बर २६४३ मा निकासा भइरहेकोमा हाल उक्त पाइप पुरानो भई नयाँपाइप बिछ्याएपछि कित्ता नं. २६४३ को जग्गाधनीले उक्तपाइप काटेर फालिदियो ।’ उजुरीकर्तामा अनिता अधिकारी, चन्द्र भण्डारी, सीता अधिकारी, शोभा राना छन् । तर, मीरा भने त्यहाँ पुरानो पाइप नभएको र अचानक नयाँ पाइप राखेपछि जेठाजु मिठे बराइलीले काटिदिएको बताउँछिन् । भन्छिन्, ‘हामीलाई जानकारी नदिईकन पाइप हालिएकाले काटेका हौँ । तर, उजुरीमा भनिएजस्तो त्यहाँ पुरानो पाइप थिएन ।’

यसपछि पटक–पटक न्यायिक समितिमा बराइली परिवार र टोलवासीबीच वार्ता भए । तर, कुनै निचोड निस्किएन । मीरा भन्छिन्, ‘यसरी लामो समय बित्यो । घरमा नालीको दुर्गन्धले बस्न सकिने अवस्था भएन । न खाना पकाएर खानै सकियो । त्यो दुर्गन्धलाई रोक्न हामीले जग्गाको साँधमा पर्खाल लगायौँ ।’ यसपछि टोलवासी गालीगलौजमा उत्रिएको उनीबताउँछिन् । यसपछि ‘पर्खाल खोलिपाऊँ’भनेर गत ३ चैतमा टोलवासीले न्यायिक समितिमा उजुरी हाले । ६ चैतमा बराइली परिवारले पनि समितिमा उजुरी विरुद्ध उजुरी हाल्यो । वार्ता भयो, सहमति भएन । मीरा सुनाउँछिन्, ‘यसपछि ९ गते मलाई जानकारी नदिई टोलवासीले पर्खाल भत्काइदिए । फेरि नालीको फोहोरपानी मेरो टहरामा छिर्‍यो ।’

गत२८ भदौमा बराइली परिवारविरुद्ध उजुरी दिने मध्येकी एक सुनिता अधिकारी भने आफूहरूले राखेको पाइप काटिदिएपछि उजुरी हाल्न गएको बताउँछिन् । भन्छिन्, ‘उहाँहरूले नै पाइप काटेपछि नाली घरमा पसेको हो । त्यसपछि लामखुट्टे लाग्ने लगायतका समस्या आएको पनि हो ।’ सो घटनापछि धेरैपटक छलफलमा बसे पनि बराइली परिवारले महँगो क्षतिपूर्ति मागेकाले सहमति जुट्न नसकेको अधिकारी बताउँछिन् । ‘उहाँहरूले १५ लाख जग्गाको र पाँच लाख टहराको क्षतिपूर्ति माग्नुभयो, त्यो जग्गाको मूल्यभन्दा बढी हो । तैपनिजग्गाउहाँकैहो, उहाँलाई अन्यायमापार्ने कामगर्दैनौँ,’उनले भनिन् ।

नगरपालिकाको न्यायिक समितिका संयोजकमनोजराज भण्डारी भने आफूहरूले निरन्तर छलफलको सहजीकरण गरे पनि सहमतिहुननसकेको बताए । ‘हामीले सहजीकरणको कोसिस गरेकै हो, तर उहाँहरू सहमतिमा आउनुभएन । यदि हामीले सकेनौँ भने उहाँहरू अदालतजाने ठाउँ छँदैछ,’ उनले भने । तर, सकभर टोलवासी र बराइली परिवार मिलून् भन्ने आफूहरूको चाहनाभएको भण्डारीले बताए । 

मीरा बराइलीकाभाइविनायक सुनारलेभने गाउँलेको रबैयाकाकारण आफूहरूत्रासमा रहेको बताए । ‘त्यहाँहामीदलित समुदायको एक मात्रपरिवार हौँ । उहाँहरू गैरदलितहुनुहुन्छ । यत्रो विवाद भएपछि त्यही टोलमै बस्दा भोलि के–के अप्ठ्यारो झेल्नुपर्ने हो ?थाहा छैन । हामीत्रासमा छौँ,’ उनले भने ।
 

See More On

सुझावित समाचार