जंगली हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु

मंगलबार, १७ चैत, २०७७
डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका– ६ थामीझोडा बस्ने ५० वर्षीय यामबहादुर बोहराको जंगली हात्तीको आक्रमणमा सोमबार राति  मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार राति छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्कँदै गरेका बोहरालाई जंगलबाट आएका तीनवटा जंगली हात्तीले कुल्चेर  गम्भीर घाइते बनाएका थिए ।  

घाइते बोहराको उपचारका लागि उर्लाबारीतर्फ  लैजाँदै गर्दा  राति ११ बजे बाटोमा मृत्यु भएको हो ।  

सुझावित समाचार