हुम्लाको सल्लीसल्लामा पुग्यो यात्रुबस, बाजागाजासहित स्वागत

बिहिबार, १२ चैत, २०७७
डिजिटल संस्करण

हुम्लाको सल्लीसल्लामा पहिलोपटक यात्रुबस पुगेको छ । नेपाली सेनाले कर्णाली करिडोर छिचोल्न सुरु गरेको ६ वर्षमा ९० प्रतिशत सडकमा गाडी गुड्न थालेपछि सल्लीसल्लासम्म पहिलोपटक यात्रुबस पुगेको हो ।

सेनाले सल्लीसल्ला खण्डसम्म ट्र्याक खोलेपछि चंखेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले जिल्लामै पहिलोपटक यात्रुबस चंखेलीको सल्लीसल्ला पु¥याएको जानकारी दिए । कर्णाली प्रदेश ००१ ख ०४०२ को बस हुम्लाको चंखेली गाउँपालिकाको सल्लीसल्ला पु¥याएको शाहीले बताए ।

सुर्खेत हुँदै हुम्ला पु¥याएको यो बस बाजुरा र हुम्ला जिल्लाको हकमा पहिलो हो । सुर्खेतबाट अघिल्लो दिन हिँडेको बस हुम्लाको अदानचुली गाउँपालिकामा दोस्रो दिन पुगेको छ । कालिकोटको जितेमा पुल नहुँदा अछामको मंगलसेन हुँदै हुम्ला ल्याइएको बताइएको छ । 

हुम्लाको चंखेलीमा पहिलोपटक ल्याइएको बसलाई बाजागाजाबाट भव्य स्वागत गरिएको छ । बस गाउँमा पुगेपछि चंखेली गाउँपालिका– ४ को सल्लीसल्लामा  भव्य स्वागत गरिएको हो ।

सुझावित समाचार