लुम्बिनीको उत्कृष्ट सुरुवात, सुदूरपश्चिमले पावरप्लेमा चार विकेट गुमायो
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को उद्घाटन खेलमा लुम्बिनी लायन्सले राम्रो सुरुवात गरेको छ। पावरप्लेको समाप्तिमा लुम्बिनीले सुदूरपश्चिमको चार विकेट लिएको छ। ६ ओभरको खेल सकिँदा सुदूरपश्चिमले चार विकेट गुमाएर मात्र ३८ रन बनाएको छ।
सुदूरपश्चिमका शैफ जैब १३ विकेट बनाएर आउट हुँदा विनोद भण्डारीले नौ रन जोडे। आरिफ शेख शून्य रनमौ पेभेलियन फर्किए भने ब्रान्डन मेकमुलनले दुई रन बनाए।
कीर्तिपुरमा क्रिकेट उत्सव(फोटोफिचर)
नेपाल प्रिमियर लिग(एनपिएल)को तेस्रो सिजन सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेको लिगको सोमबारको खेलमा लुम्बिनी लायन्स्ले सानदार प्रदर्शन गर्दै सुदूरपश्चिमलाई सात विकेटले सहजै हरायो। खचाखच भरिएको त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीको जितपछि आतसबाजी समेत गरियो।
नेपाल क्रिकेट संघले आयोजना गरेको यो प्रतियोगितालाई थप बिशेष बनाउने प्रयास भइरहेको छ । विश्वका चर्चित क्रिकेटरहरु समेत सहभागी भएको एनपिएलमा यसपटक डिआरएस समेत प्रयोग गर्न थालिएको छ ।
गुल्मी स्कर्पियो दुर्घटना : मृतकको संख्या ६ पुग्यो
कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा कालीगण्डकी करिडोरमा स्कर्पियो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा घाइते भएकामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दिउँसो करिब ४ बजे दभौखानिबाट राक्से हुँदै वालिङ जाँदै गरेको गण्डकी प्रदेशको बिएए ०२२० नम्बरको स्कार्पियो कच्चि सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा तीनजना घाइते भएका छन्।
बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बंगालको खाडीमा विकसित भइरहेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा आगामी केही दिन वर्षा र हिमपातको सम्भावना बढेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसम बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बंगालको खाडीमा रहेको ‘अर्नव’ नामक चक्रवात हाल शक्तिशाली बनेको छ। यो क्रमशः अझ शक्तिशाली बन्दै अति शक्तिशाली चक्रवातमा विकसित हुने सम्भावना छ।
एनपिएललाई सुरक्षित र मर्यादित बनाउन प्रहरीको अनुरोध
जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपिएल)लाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउन दर्शकलाई आग्रह गरेको छ। आज सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको तेस्रो संस्करणको एनपिएललाई लक्षित गरेर प्रहरीले सातबुँदे अपिल गरेको हो।
प्रहरीले गैरकानुनी बेटिङ (सट्टेबाजी) नगर्न, निषेधित सामग्री रंगशालाभित्र नलैजान, ट्राफिक नियम पालना गर्न र सुरक्षा जाँचमा सहयोग पुर्याउन आग्रह गरेको छ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको मौज्दात १८ अर्ब नाघ्यो
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम बढेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषका विभिन्न बैंक खातामा कुल मौज्दात १८ अर्ब नाै करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ।
कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
दसैँका कारण स्थगित भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ।
नियमित रूपमा प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष दसैँका कारण पछि सारिएको हो। दुई दिनसम्म सञ्चालन हुने अभियानमार्फत लक्षित उमेर समूहका बालबालिकालाई आवश्यक औषधि तथा पोषणसम्बन्धी सेवा प्रदान गरिनेछ।
सरकारले देशका आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने
सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त योजना सार्वजनिक गरेका हुन्।
मन्त्री लम्सालका अनुसार ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो। प्रस्तावित रंगशालामा कम्तीमा आठ हजार दर्शक अट्ने क्षमता र रात्रिकालीन खेल सञ्चालनका लागि फ्लडलाइटको व्यवस्था गरिनेछ।
दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, करिब तीन हजार घाइते
दसैँको अवधिमा देशभर भएका एक हजार ३३९ सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको हो। घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर र दुई हजार ५५१ जनाको अवस्था सामान्य रहेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शपथग्रहण समारोह १२ कात्तिकमा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहण समारोह १२ कात्तिकमा हुने भएको छ।
केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथग्रहण समारोह आगामी बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन, ललितपुरमा तय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।