एमालेमा ओली पक्षबाट बादलसहित ४२ केन्द्रीय सदस्य नियुक्त, प्रदीप ज्ञवाली प्रवक्ता

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकबाट रामबहादुर थापा ‘बादल’सहित ४२ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ । शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको ठाउँमा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यसैगरी, बैठकले पार्टीका सबै पदाधिकारी खारेज गरेको छ । अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलको पद भने कायमै रहेको छ ।  पार्टीको महाधिवेशन मंसिर २ देखि ६ गतेसम्मका लागि तय गरेको बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।  

पार्टी एकीकरण हुँदा बनाइएका ४२ जना केन्द्रीय सदस्यलाई ओलीले एमालेका केन्द्रीय सदस्य बनाएका हुन्। त्यसमध्येका २२ जना पूर्व माओवादी पक्षका छन्।

See More On

सुझावित समाचार