रघुजी पन्तविरुद्ध कोमल वलीले दर्ता गराइन् गाली बेइज्जतीको मुद्दा

मंगलबार, २५ फागुन, २०७७
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएकी छिन् । केहीबेर अघि काठमाडौं जिल्ला अदालतमा उनले फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा मुद्दा दर्ता गराएकी हुन् ।

केही दिनअघि रघुजी पन्तले एउटा सार्वजनिक कार्यक्रममा कोमल ओलीले नांगाे खुट्टा देखाएर पोइल जाम गीत गाएको भरमा राष्ट्रिय सभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पद पाएको अभिव्यक्ति दिएका थिए । 

उनको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीहरूले समेत विरोध जनाउँदै आएका छन् ।  

सुझावित समाचार