नेकपा प्रचण्ड–माधव समूहको विरोध सभा सुरु

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव समूहको विरोध सभा सुरु भएको छ ।

भृकुटीमण्डपमा सुरु सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू जनार्दन शर्मा, देव गुरुङ, रघुजी पन्त, रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाँक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा, अञ्जना विशंखेले सम्बोधन गर्ने भएका छन् ।

बागमती प्रदेशका सहईन्चार्ज हितबहादुर तामाङको अध्यक्षतामा जारी विरोध सभामा जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राख्नेछन् । कार्यक्रम सञ्चालन लीलामणि पोखरेलले गरेका छन् ।

त्रिपुरेश्वर, कालिमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट निकालिएको जुलुस सभामा परीणत भएको छ ।

सुझावित समाचार