गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भागरथीको हत्यारा छिट्टै पत्ता लगाएर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले भागरथीको केस निर्मलाको जस्तो जटिल नभएकाले छिट्टै हत्यारा पत्ता लाग्ने विश्वास व्यक्त गरे ।
भागरथी हत्याकाण्डले मानवतालाई नै कलंकित गराएको भन्दै अपराधमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गर्न नेविसंघले माग गरेको छ ।
निर्मलाको हत्यामा संलग्नहरूको खोजी गरी कारबाही गर्न नसकेका कारण बलात्कार र हत्याजस्ता निकृष्ट कार्यले प्रश्रय पाएको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ । जनतालाई शान्ति र सुरक्षा दिनु सरकारको दायित्व भएकाले यसमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
.jpg'_'.2021-02-09.jpg)