महासंघ र मिडिया एलाएन्सबीच संस्थागत सहकार्य गर्ने सहमति

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलाएन्सबीच संस्थागत सहकार्य गर्ने सहमति भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र एलाएन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको दुई प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा भएको छलफलमा दुवै संस्थाबाट तीन/तीनजना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने सहमति पनि भएको छ । 

कार्यदलले उद्योग व्यवसाय र मिडिया क्षेत्रका मूल मुद्दाहरूको पहिचान गरी एक–अर्कामा सहयोग गर्ने, संस्थागत व्यावसायिक सम्बन्ध विस्तार गर्ने र स्वदेशी मिडियाको प्रवद्र्धनलगायतका विषयमा काम गर्ने बताइएको छ । यो विषयमा दुवै संस्थाबीच छिट्टै सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

बैठकमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू र मिडिया एलाएन्सका तर्फबाट उपाध्यक्ष राजु कँडेल, महेन्द्र शेरचन, महासचिव लक्ष्मण हुमागाईं, कोषाध्यक्ष उज्वल शर्मा र सदस्यहरूको उपस्थिति रहेको थियो । 

सुझावित समाचार