धनराज गुरुङले भने– सभापतिज्यू, कांग्रेसका साथीहरूलाई संवैधानिक निकायबाट फिर्ता बोलाइयोस्

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संवैधानिक निकायमा कांग्रेसका तर्फबाट नियुक्ति भएकाहरूलाई फिर्ता बोलाउन माग गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, नियुक्ति सिफारिस र शपथमा समेत पार्टीले विमति राखिसकेकाले पार्टीका तर्फबाट नियुक्ति भएकाहरूलाई फिर्ता बोलाउनुपर्ने माग उनको छ । 

उनले सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, ‘सभापतिज्यू, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आयोगहरूमा नियुक्ति र आजको शपथसम्बन्धी कांग्रेसको विमति रहिआएको प्रवक्ताले प्रस्ट पारिसक्नुभएको छ, अब आयोगहरूमा नियुक्ति भएका कांग्रेसका साथीहरूलाई फिर्ता बोलाइयोस् ।’ 
 

सुझावित समाचार