लागुऔषधसहित दुई पक्राउ

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय करवगार्डले जाजरकोटबाट डोल्पा लैजाँदै गरेको लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिका–३ का २३ वर्षीय रेशम मल्ल र जाजरकोट भेरी नगरपालिका– ४ का २२ वर्षीय २२ को एकराज शाहलाई प्रहरीले पक्राउ गरेको हो । 

कर्णाली प्रदेश ०२००१ प. ००४८ नं.क मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा प्रहरीले जाँच गर्दा कालो झोलामा लागुऔषध भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हरिराज वाग्ले जानकारी दिए । पक्राउ परेका उनीहरूबाट नाइट्राभेट १३५ थान, बायोट्राम ३१४ थान, लिकफ ४८ थान बरामत भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

लागुऔषधसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय डोल्पामा भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार