अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सशस्त्र प्रहरीको हवल्दारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सोमबार अपराह्न ४ बजे अख्तियारले स्ट्रिङ अप्रेसनमार्फत हवल्दार श्रवण बस्नेतलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको गौशाला रामनगरस्थित बेसक्याम्पमा कार्यरत बस्नेतले सेवाग्राहीलाई जंगलबाट काठदाउरा ओसारपसार गर्दा सहजीकरण गरिदिने भन्दै लिँदै गरेको १५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियारको बर्दिवास कार्यालयका प्रवक्ता मणिराम ज्ञवालीले पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीका लागि टंगाल कार्यालय काठमाडौं पठाएको बताएका छन् ।