कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रालिबीच विच्याट पे र क्यु–पेको भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै विच्याट पे र युनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।
सम्झौताअनुसार नेपाल आउने पर्यटक तथा स्वदेशी ग्राहकले कामना सेवा विकास बैंक लिमिटेडसँग आबद्ध मर्चेन्टहरूबाट वस्तु तथा सेवा खरिद गरेबापतको रकम क्युआर कोड स्क्यान गरी–गराई विच्याट पे र युनियन पेका साथै अली पे, खल्ती, प्रभु पे, क्यु पे, आइएमई पे, स्मार्ट क्युआरलगायत अन्य ४६ वटा अन्तर्राष्ट्रिय वालेटमार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।