१६ डिएसपीको एसपी बढुवामा सिफारिस

सोमबार, १२ माघ, २०७७
डिजिटल संस्करण

नेपाल प्रहरीका १६ नायब उपरीक्षक (डिएसपी)को प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा सिफारिस समितिले सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुनेहरूमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा छन् । 

त्यस्तै, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही र राजेन्द्रबाबु रेग्मी बढुवा सिफारिसमा परेका छन् ।

सुझावित समाचार