कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक– प्रधानमन्त्री जोनसन

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएको वेला प्रधानमन्त्री जोनसनले यस्तो चेतावनी दिएका हुन् । 

प्रधानमन्त्री जोनसनले भनेका छन् कि यो भाइरस पहिलेको भन्दा धेरै नै खतरनाक छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ । शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो धारणा राखेका हुन् । उनले यो भाइरस पहिलोपटक गत महिना मात्र इंग्ल्यान्डकाे केन्टमा देखिएको बताए । 

उनले सो क्रममा भनेका थियो कि नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी संक्रमण फैलिने खालको छ । बेलायतमा कोरोना भाइरसको सक्रमणबाट पछिल्लो २४ घन्टामा मात्रै एक हजार आठ सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो । बेलायतका स्वास्थ्य अधिकारीहरूले गत बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरस संक्रमणबाट भएको जानकारी दिएका थिएका हुन् । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि अहिलेका केही सातायता धेरैजनाको ज्यान जान थालेको बताउने गरेका छन् ।

पछिल्लो समयमा यो संक्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेकाे पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउन थालिएको छ । तर, ती देशहरूमा खोप पनि दिन थालिएकाले नागरिकमा आशा पलाएको भने बताइएको छ । युरोपेली युनियनले आगामी अगस्ट महिनाको अन्तिमसम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइसकिने जानकारी गराएको छ ।

प्रधानमन्त्री जोनसनले यहाँका कम्तीमा पनि ३८ हजार नागरिक संक्रमित भएर अस्पतालमा रहेको बताएका  न् ।

सुझावित समाचार