ग्लोबल आइएमईद्वारा क्युआर कोडमार्फत नगदरहित कारोबार पर्वद्धन

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई पर्वद्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्युआर कोडमार्फत नगदरहित भुक्तानी पर्वद्धन कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरूमा क्युआर कोडमार्फत नगदरहित भुक्तानी पर्वद्धन कार्यक्रमको उद्घाटन गरेका हुन् ।  

नगदरहित कारोबार पर्वद्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्युआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई पर्वद्धन गर्न थप कार्यक्रम गर्ने जनाइएको छ । बैंकले क्युआर मर्चेन्टहरूलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक अनलाइन तालिमको सुरुवात पनि गरेको जनाएको छ । 

बैंकले २ सय ६४ शाखा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ४०  एटिएम, २ सय ४४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

सुझावित समाचार