नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा

शुक्रबार, २ माघ, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।

पेरिसडाँडास्थिति पार्टी कार्यालयमा बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

वैठकमा विभिन्न राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । 

नेकपा केपी ओली नेतृत्व र दाहाल नेतृत्वमा विभाजित भएपछि दुवै समूहले आ–आफ्ना समूहका बैठकहरू डाक्दै आएका छन् । 

यद्दपि, अहिलेसम्म नेकपा औपचारिक रुपमा विभाजन भएको भने छैन । दुवै समूहले नेकपा नाम र सूर्य चिह्न आफ्नो भएको दाबी गर्दै आएका छन् ।

सुझावित समाचार