धनाढ्य व्यवसायीप्रतिको गहिरो घृणाको जग

सामाजिक अविश्वास गहिरो रहेको समाजमा आर्थिक विकास पनि सुस्त हुन्छ

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

आजको आधुनिक जीवनमा हरेक व्यक्ति अर्बपति तथा धनाढ्यलाई घृणा गर्न मन पराएको देखिन्छ । अझ भारतमा यस्तो घृणामा एक प्रवृत्ति हुन्छ, जो निकै तीव्रताका साथ समाजमा विस्तार हुन्छ । यसको पछिल्लो उदाहरण कृषि कानुनविरुद्ध उठेको किसान आन्दोलन सम्बन्धमा सामाजिक सञ्जालमा भएको बहसमा देखौँ ।

सामाजिक सञ्जालका धेरै पोस्टमा भारतका अर्बपतिहरू अडानी र अम्बानीलाई बदनाम गरिएको देखिन्छ । पन्जाबका आन्दोलनकारी किसानले थप एक कदमअगाडि बढेर ती दुई ठूला व्यापारिक घरानासँग जोडिएका प्रतिष्ठान तथा सेवालाई वहिष्कारको आह्वान गरे । केही स्थानमा तिनले एक कम्पनीको सेलफोन टावर नै निष्क्रिय गरिदिए । यस्ता विचार राख्नेहरूको विचारमा ठूला कम्पनीको सम्पत्ति भ्रष्टाचार, बेइमानी र सम्झौता र अज्ञात कारोबारको परिणाम सिर्जित भएको हुन्छ । 

केही वर्षअघिसम्म टाठा र बाठालाई जोडेर गाली गर्ने ट्रेन्ड थियो । यस प्रकारको घृणाको पछाडि धनाढ्यको सम्पत्ति ठगी गरेर कमाएको विश्वासको भूमिका देखिन्छ । तर, यथार्थमा सबै सम्पन्न मानिसले बेइमानीबाट तिनको आयआर्जन गरेका हुँदैनन् । धेरैले कडा मिहिनेतबाट सफलता हासिल गरेका हुन्छन् । खासमा पन्जाबका किसानको अहिलेको आक्रोस मन्डीसँग जोडिएको नियम परिवर्तनप्रतिको अविश्वाससँग जोडिएको छ । 

निजी कम्पनीलाई मन्डी स्थापना गर्न दिइयो भने तिनले किसानलाई ठग्छन् भन्ने किसानमा चरम अविश्वास देखिन्छ । यसैकारण धेरै किसान क्रुद्ध छन् । पन्जाबले सन् १९९१ को भूमि अलगाव अधिनियम पारित गरेपछि जमिन कृषकको हातमा आयो, तर पनि किसानमा अझै राज्यप्रति उत्तिकै आशंका छ ।

भारतमा स्वतन्त्रतादेखि नै एउटा धारणा के छ भने कमजोर शासनका कारण नियमकानुन बलिया मानिसको पक्षमा हुन्छन् । तर, आधुनिक समाजमा औपचारिक संगठन तथा एकाइले आफूखुसी ठगी या शोषण गर्न सक्दैन । अविश्वासको यो संस्कृतिलाई बुझ्न हामीले भारतका निःशुल्क संस्कृतिमा ध्यान लगाउनुपर्छ ।

भारत एउटा त्यस्तो समाज हो, जहाँ बिलकुल सामान्य र नियमित लेनदेनमा समेत छुटको आशा गरिन्छ । तपाईं स्थानीय तरकारी पसलअघि उभिनुभयो भने पनि देख्नुहुन्छ कि कति धेरै मानिस छुटमा पाइने हरियो धनियाँ मागिरहेका हुन्छन् । खासमा हामीले आफूलाई दिइएको तरकारी सही तौलको छ कि छैन वा तिनको तौल बढाउन नियमित पानी छर्किएको छ कि छैन भन्नेमा ख्याल गर्नुपर्ने हो । तर, यी कुरामा ठगिएपछि हामी थोरै पैसामा पाइने निःशुल्कमा चित्त बुझाउँछौँ । आखिरमा केही कुरा पनि निःशुल्क पाइँदैन । 

सामान्य रूपमा लामो समय टिक्ने सोच बनाएका व्यवसायहरू नियमकानुनको पालना गर्छन् । जुन कारोबार लामो समयसम्म चल्छन््, तिनले समाजलाई केही न केही मूल्य सिर्जना गरेका हुन्छन् र त्यही कारणले ती टिक्छन् । 

हाम्रो सार्वजनिक बहसमा केही निश्चित छवि हुन्छन्, जस्तो हाम्रा छलफलमा व्यवसायी षड्यन्त्रकारी, सरकारी कर्मचारी भ्रष्ट, प्रहरी अक्षम हुन्छन् । यो छवि आफैँमा अविश्वासको वातावरणको प्रतिफल हो र यसले थप अविश्वास सिर्जना गर्छ । यो अविश्वासले हाम्रो सामाजिक एकतामा खलल पार्ने खतरा हुन्छ ।

दुर्भाग्यवश, भारतमा एउटा यस्तो अविश्वासको वातावरण बनेको छ, जुन कामकाजको अनौपचारिक तरिका, समाज र शासनको ढाँचामा हाबी भएको छ । र यसबाट जुन सानतिनो भ्रष्टाचार अक्सर पैदा हुन्छ, तिनलाई सहन गर्ने मात्र होइन, अक्सर सराहना पनि हुने गर्छ ।

बेचिएको वस्तु र औपचारिक रसिद नदिएर करबाट नतिर्नु त्यति नै भ्रष्ट काम हो जति कुनै सरकारी कर्मचारीले निजी कामका लागि सरकारी गाडीको प्रयोग गर्नु हो । तर, पनि यो व्यवहार ती मानिसमाझ पनि प्रचलनमा छ जो भ्रष्टाचारसँग लड्ने दाबी गर्छन् । दुःखको कुरा, जब यो व्यवहार सामान्य बन्छ तब अविश्वास पनि सामान्य हुन्छ । किनकि प्रत्येकलाई अर्कोबाट आफू ठगिन्छु भन्ने अपेक्षा हुन्छ । यस्तोमा जो विश्वसनीय र उचित तरिका अपनाएर सफलता भएकाहरूलाई पनि आशंकाको नजरले हेरिन्छ ।

विश्वास र सत्यतामा निःसन्देह कुनै सम्झौता हुन सक्दैन । सामान्य रूपमा लामो समय टिक्ने सोच बनाएका व्यवसायहरू नियमकानुनको पालना गर्छन् । जुन कारोबार लामो समयसम्म चल्छन््, तिनले समाजलाई केही न केही मूल्य सिर्जना गरेका हुन्छन् र त्यही कारणले ती टिक्छन् । सामाजिक अविश्वास गहिरो रहेको समाजको आर्थिक विकासमा समेत धक्का लाग्छ । विश्वासको वातावरण सिर्जना गर्ने उत्कृष्ट उपाय असल कानुनको निर्माण र तिनको पालना गर्नु हो । 

(मीता राजीवलोचन ‘मेकिङ इन्डिया ग्रेट अगेनः लर्निङ फ्रम आवर हिस्ट्रीकी लेखिका हुन्)द प्रिन्टबाट

सुझावित समाचार